पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

नाबालिग गायिकामाथि बलात्कार अभियोग लागेका अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिइएको छ । थुनछेक बहसका लागि हिजो जिल्ला अदालत पूर्वी नवलपरासी लगिएकोमा अदालतले थुनामै राख्न आदेश दिएको हो।

मुद्दा किनारा लगाउने समयसम्मका लागि थुनामै राखेर अनुसन्धान जारी राख्न अदालतले बुधबार आदेश दिएको हो।न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई तनहुँमै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

शाहलाई बुधबार बेलुकी तनहुँतर्फ ल्याइएको छ। शाहलाई वैशाख ७ मा पूर्वीनवलपरासीस्थित अदालत हाजिर हुन पनि भनिएको छ।यसअघि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पनि शाहलाई थुनामा राख्न आदेश दिएको थियो।

शाहमाथि तनहुँ र पूर्वीनवलपरासीमा मुद्दा परेको थियो।शाहलाई तनहुँ कारागारमा राखिएको छ।

  • २४ चैत्र २०७८, बिहीबार १०:३७ प्रकाशित