यो सरकार कुहिसकेको छ, हामी ढाल्दैनौ, आफै ढल्छ : ओली

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार कुहिसकेको बताएका छन् ।

उनले सरकार कुहिएर झर्ने अवस्थामा पुगेको भन्दै मज्जाले कुहिएपछि आफै ढल्ने बताए । उनले भनेका छन्, ‘यो गठबन्धन सरकार कुहिसकेको छ । कुहिएर पनि खत्रक्कै झर्दैन । मज्जाले कुहिसकेपछि आफैं झर्छ । झर्ने समयसम्म हामीले पर्खनु पर्छ । मर्नै लागेको मान्छेलाई पनि प्वाक्क हानेर मारियो भने मुद्दा लाग्छ । यो सरकारलाई हामी ढाल्दैनौं । आफैं झरोस् । आफैं ढलोस् ।’

ओलीले आज बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको कार्यक्रममा बोल्दै यो सरकार रहेसम्म देशमा आर्थिक उन्नति नहुने दाबी गरे ।

  • २३ चैत्र २०७८, बुधबार १५:५८ प्रकाशित