एमालेको चुनाव लक्षित टिकटक प्रतियोगिता : प्रथम हुनेलाई १ लाख नगद

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले निर्वाचन नजिकिएको बेला टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । एमाले निकट युवा संघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको हो ।

एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्न लागिएको सर्कलले जनाएको छ।प्रतियोगितामा एमालेबारे उत्कृष्ट टिकटक बनाउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको सर्कलले जनाएको छ।

प्रथम हुनेलाई एक लाख, द्वितीयलाई पचास हजार र तृतीयलाई २५ हजार प्रदान गरिने सर्कलका प्रमुख मदन भण्डारीले जानकारी दिएका छन् ।

भिडिओ चैत २१ देखि २०७९ वैशाख ३० गतेसम्म अपलोड गरिसक्नुपर्ने सर्त राखिएको छ।यस्तै, भिडिओ व्यक्तिगत रूपमा सिर्जना गर्नुपर्ने, एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने, भिडिओ दुई मिनेटको हुनुपर्नेलगायत सर्त राखिएको छ।

साइबर सर्कलका कार्यालय सचिव परशु सुवेदीका अनुसार पार्टीको प्रचार(प्रसार र चुनावलक्षित कार्यक्रमअनुसार यो प्रतियोगिता आयोजना गरिएको हो।

  • २३ चैत्र २०७८, बुधबार १५:०४ प्रकाशित