पेट्रोलियम पदार्थको आयात घटाउन निगमलाई राष्ट्र बैंकको सुझाव

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आयात कटौती गर्न नेपाल आयल निगमलाई भनेको छ । बैंकले डलर बेचेर भारतीय रुपैयाँको प्रबन्ध गर्नु परेकाले सञ्चितिमा चाप परेको भन्दै आयात कटौतीका लागि राष्ट्र बैंकले प्रस्ताव गरेको हो।

पेट्रोलियम पर्दाथको मुल्य बृद्धि हुदाँ भुक्तानी गर्नुपर्ने रकम उच्च भए पछि  विदेशी मुद्राको सञ्चिति घटेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अधिकारीहरुले निगमका उच्च अधिकारीहरुसँग प्रत्यक्ष भेटेर इन्धन खपत कम हुने उपाय सुझाउन पनि भनेका थिए।

आयल निगमले मासिक ३० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरिरहेको छ। उत्तिकै परिमाणमा आयात गरेपनि विगतको भन्दा मूल्य बढी तिरिरहनु परेको छ। यसले गर्दा विदेशी मुद्राको सञ्चिति घटिरहेको छ।

विदेशी मुद्राको सञ्चिति घटेपछि सोमबार बैंकका प्रमुख कार्यकारीहरुलाई डाकेर राष्ट्र बैंकले तत्कालै ३०० भन्दा बढी वस्तुको प्रतितपत्र नखोल्न मौखिक निर्देशन दिइसकेको छ। बैंकहरुले गाडी, सुन, चाँदीलगायत वस्तुको आयातमा कडाइ गरे पनि अत्यावश्यक पेट्रोलियम पदार्थ आयात नियन्त्रण गर्न सक्दैनन्।

  • २३ चैत्र २०७८, बुधबार १०:३३ प्रकाशित