कङ्गोमा शान्ति सेनामाथि आक्रमण : एक नेपाली सेना मारिए

केन्द्रभाग मिडिया

एजेन्सी ।

कङ्गोमा खटिएको शान्ति सेनामाथि आक्रमण भएको छ । आक्रमणमा एन नेपाली सेनाको ज्यान गएको छ।

अपरेशन ‘बाली’ का क्रममा प्रमुख सेनानी निकिल कुँवरको नेतृत्वमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि हिजो विद्रोहीले आक्रमण गरेका थिए । आक्रमणबाट एक जना नेपाली सेनाको ज्यान गएको संयुक्त राष्ट्र सङ्घले पुष्टि गरेको छ ।

ज्यान गुमाएका सैनिकको परिचय भने खुलाइएको छैन । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शोक विज्ञप्ति निकालेर मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शान्ति सेनामाथि भएको आक्रमणको निन्दा पनि गरेका छन्।

महासचिव गुटेरेसले घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कङ्गोका अधिकारीलाई आग्रह गरेका छन् ।

  • २३ चैत्र २०७८, बुधबार ०९:२७ प्रकाशित