नयाँ वर्षमा मोटरहेडको अफर : २ लाख ७ हजारसम्म क्यास जित्न सकिने

केन्द्रभाग मिडिया

पोखरा । एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको पोखराको लागि आधिकारिक बिक्रेता मल्टि स्टार मोटर प्रा.लि.ले नव वर्ष २०७९ को अवसरमा अफर ल्याएको छ। प्रा.लिले ‘स्क्रयाच एण्ड क्याच द क्यास’ अफर ल्याएको हो ।

अफर अन्तर्गत कम्पनीले यही चैत देखि २०७९ वैशाख ३१ सम्म मोटरहेडका बाइक खरीद गर्ने आफ्ना सम्पूर्ण ग्राहकको लागि ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म नगद छुट अफर ल्याएको छ । स्क्रयाच कुपनका आधारमा ग्राहकले छुट पाउनेछन् ।

अफर अवधिभर खरीद गर्ने ग्राहक मध्ये १ जना भाग्यशाली विजेतालाई २ लाख७ हजार ९ सय रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ ।

सिधै नगद छुट भन्दा यस प्रकारको स्क्रयाच अफरमा ग्राहकहरुको छुटै उत्साह रहने यथार्थलाई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको जनाइएको छ ।

मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु छन् । उक्त वाइकहरु ३ लाख ५ हजार रुपैयाँदेखि अधिकतम ४ लाख ५५ हजार रुपैयाँसम्ममा उपलब्ध छन् । सबैको पहुचमा रहेको मोटरहेड वाइकको यहि मूल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो वाइक मन पराइएको जानकारी मल्टि स्टार मोटर प्रा.लि.ले दिएको छ ।

  • २२ चैत्र २०७८, मंगलवार १७:०८ प्रकाशित