सुदूरमा एमाले र विप्लव समूहबीच तालमेलको सम्भावना

केन्द्रभाग मिडिया

कैलाली ।

पाँच दलीय गठबन्धन विरुद्ध लड्न एमाले एक्लै सक्षम रहेको दाबी गदैं आएको प्रमुख विपक्षी नेकपा एमालेले सुदुरपश्चिममा चुनावी तालमेलका लागि कसरत गरिरहेको छ ।

नेकपा एमालेले सुदूरपश्चिममा नेत्रविक्रम चन्द विप्लव समूहबीच तालमेलका लागि छलफल भएको छ । धनगढीमा भएको छलफलमा दुवै दल आपसमा सघाएर अघि बढ्न सकारात्मक भएको बताइन्छ।

छलफलमा एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारी, सचिव धर्मराज पाठक, केन्द्रीय निर्वाचन आयोगका सदस्य रणबहादुर चन्द र नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन तथा विभिन्न जिल्लाका सेक्रेटरी सहभागी रहेको बताइएको छ। पहिलो चरणमा भएको छलफल सकारात्मक भएको एमाले प्रदेश अध्यक्ष भण्डारीले बताए ।

  • २२ चैत्र २०७८, मंगलवार १६:२४ प्रकाशित