आयोगले बोलाएको बैठकमा भाडभैलो : हस्ताक्षर नै नगरी फर्कियो एमाले

केन्द्रभाग मिडिया

आयोगमा बोलाइएको बैठकमा नाराबाजी गर्दै

काठमाडौं ।

स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा भाडभैलो भएको छ ।

निर्वाचनमा सहभागी हुने ७९ दलहरुसँग छलफल गर्न बोलाएको बैठकमा साना दलहरुले आफुहरुलाई बोल्नै नदिएको भन्दै होहल्ला एवम् नाराबाजी गरेका हुन् । आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै दलहरुले आपत्ति जनाउँदै विरोध गरेका हुन् ।

यसैबीच नेकपा एमाले निर्वाचन आचार संहिता प्रतिज्ञापत्रमा हस्ताक्षर नगरी निर्वाचन आयोगबाट फर्किएको छ ।

कार्यक्रममा होहल्ला भएको भन्दै हस्ताक्षर नगरेको एमालेले जनाएको छ। निर्वाचन विभाग उपप्रमुख निरज आर्चायले भनेका छन्,‘निर्वाचन आचार संहिता पालना गर्न एमाले प्रतिबद्ध छ, पालना गर्छ । सरकारले पनि गर्नुपर्छ । निर्वाचन आयुक्तहरुले पनि पालना गर्नुपर्छ भन्ने मान्यता राख्छ । आज भएको कार्यक्रमा साना दल र निर्वाचन आयुक्त बिच अश्वभाविक किसिमको वादविवाद, नाराबाजी भयो । त्यो किसिमको वातावरणमा हस्ताक्षर गर्ने अवस्था नै थिएन । हामी फर्केर आयौं, अरुको पनि हस्ताक्षर गर्न छुटेको होला, हाम्रो पनि छुटेको छ ।’

  • २२ चैत्र २०७८, मंगलवार १६:०९ प्रकाशित