तत्काल उम्मेदवार सिफारिस नगर्न कांग्रेसको सर्कुलर

केन्द्रभाग मिडिया

कैलाली ।

नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याउने काम तत्काललाई होल्ड गरेको छ ।

सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएपछि कांग्रेसले तत्काल उम्मेदवार सिफारिसको कामलाई रोक्न जिल्ला समितिहरूलाई निर्देशन दिएको हो ।

‘कांग्रेसको विधानअनुसार जुन जुन तहले टिकटको सिफारिस गर्ने हो । त्यो त्यो तहले कांग्रेसले दिएको समय सीमा भित्र टुंगो लगाउने भनिएको बताइएको छ ।

केन्द्रबाट अर्को निर्णय नआउँदासम्म टिकट दिने काम होल्ड गर्न भनिएको हो ।

  • २२ चैत्र २०७८, मंगलवार १५:२३ प्रकाशित