निगमले स्वचालित मूल्य प्राणली लागू गर्ने, पेट्रोलको भाउ १८२, डिजलको भाउ १७१ पुग्ने

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाल आयल निगम स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको छ।  सरकारले भारतबाट जतिमा आउँछ त्यतिमै पेट्रोलियम पदार्थ (परल मूल्यमा) बिक्री गर्ने गरी स्वचालित मुल्य प्रणाली लागू गर्न लागेको हो । अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा निरन्तर बृद्धि भए पछि निगम ३५ अर्ब रुपैयाँ घाटामा गएको छ ।

नेपाल आयाल निगमको संचालक समितिको बैठकले निर्णय गरे पछि नयाँ मूल्य निर्धारण गर्ने निगमको तयारी छ । एक महिनाभित्र स्वचालित मूल्य प्रणाली लागू गर्ने अर्थमन्त्रीसहितको उच्च पदस्थ पदाधिकारी सम्मेलीत बैठकले निर्णय गरेको निगमका एक कर्मचारीले बताए ।

स्वचालित मुल्य प्रणाली लागू हुदाँ अहिलेको खरिद मुल्यको आधारमा पेट्रोलको मूल्य १८२ रुपैयाँ पुग्ने छ । यस्तै करिब डिजेलको १७१ रुपैयाँ पुग्ने छ।

खाना पकाउने ग्यासको मूल्य भने ठुलो अन्तर हुने छ । स्वचालित मुल्य लागू हुदाँ ग्यास २ हजार ५२८ रुपैयाँ ६६ पैसामा उपभोक्ताले खरिद गर्नुपर्ने छ । अहिले पेट्रोलको भाउ १५५, डिजेल १३८ र खाना पकाउने ग्यासको प्रति सिलिन्टर १५७५ रुपैयाँ छ।

 

निगमले सवारी साधानमा जोरबिजोर प्राणाली लागू गर्ने भने पनि सरकारले त्यसमा समर्थन जनाएको छैन । पछिल्लो समय पेट्रोलियम पदार्थको आयात मासिक ३० अर्ब रुपैयाँले भुक्तानी हुन थालेको छ। यसले विदेशी मुद्राको सञ्चिति घटाइरहेको छ । निगमको घाटा बढ्दो अवस्थामा छ ।

  • २२ चैत्र २०७८, मंगलवार १६:५१ प्रकाशित