गठबन्धनको निर्वाचन समिति गठन : यी १० नेता परे समितिमा (नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन समिति गठन गरेको छ । गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो ।

काँग्रेसबाट महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रबाट देव गुरुङ, वर्षमान पुन, एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जसपाबाट अशोक राई, भौतिकमन्त्री रेणुकुमारी यादव र जनमोर्चाबाट हिमलाल पुरी सदस्य रहेका छन् ।

प्रदेश, जिल्ला र पालिका तहमा बनेको संयन्त्रले रिपोर्ट पठाएपछि पौडेलले नेतृत्वको समितिले डाटा हेर्ने केलाउने छ । त्यसपछि चुनावी तालमेलबारे मोडालिटी तयार गरिने छ ।

समितिको  बैठक बुधबार बस्नेछ ।

  • २२ चैत्र २०७८, मंगलवार १४:०२ प्रकाशित