सत्ता गठबन्धनको बैठक सुरु : तालमेल मोडालिटीबारे छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक आज बसेको हो । प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटार अहिले बसिरहेको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने जनाइएको छ ।

आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउने गरी छलफल हुने बताइएको छ ।

  • २२ चैत्र २०७८, मंगलवार १०:०९ प्रकाशित