राष्ट्रपति भण्डारीद्धारा काष्ठमण्डपको उद्घाटन : सर्वसाधारणका लागि खुल्ला

केन्द्रभाग मिडिया

काठमाडौं ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षति भएको काष्ठमण्डपको पुननिर्माण कार्य सकिएको छ ।

पुननिर्माण सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको उद्घाटन गरेकी छन् ।आज उद्घाटन भएसँगै साढे ६ वर्षपछि सर्वसाधारणका लागि पनि खुल्ला भएको छ ।

हनुमानढोका दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको काष्ठमण्डपमा गणेश र गोरखनाथको नयाँ मूर्ति राखिएको छ । नयाँ मूर्ति राख्न रोक लगाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्न आदेश दिएको थियो ।

तर त्यसलाई बेवास्ता गर्दै आज सोमबार उद्घाटन कार्यक्रम राखिएको हो ।

  • २१ चैत्र २०७८, सोमबार १७:०२ प्रकाशित