कांग्रेस नेता डा. कोईरालाको प्रश्न : तालमेललाई खराब भन्दिन, तर यसलाई कसरी म्यानेज गर्ने ?

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले स्थानीय तहमा औचित्य आवश्यकता अनुसार अगाडी बढन कार्यकर्तालाई निर्देशन दिएका छन ।
नेपाली कांग्रेस गण्डकी प्रदेशद्धारा पोखरामा सोमवार आयोजित कार्यकर्ता भेटधाट कार्यक्रममा बोल्दै उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला,नगर र वडालाई भएकाले  आवश्यकता अनुसार निर्णय लिन कार्यकर्तालाई निर्देशन दिए ।

नेता कोईरालले जथाभावी टिकट वितरण गर्ने होईन सक्षम र योग्य उमेदावरलाई निर्वाचनमा टिकट दिनुपर्छ र प्रदेशले काग्रेसको विधान अनुसार प्रदेश भर समन्वयकारी भूमिका निर्वाहा गर्ने पर्ने बताए ।

काग्रेसका केन्द्रीय सदस्य समेत रहेका कोईरालाले तालमेलका नाममा विगतमा चितवनको भरतपुर महानगरपालीमा जस्तो तालमेल नगर्न आग्रह गरे ।

उनले ०७४ को निर्वाचनमा माओवादी सँग गठबन्धन गरेका ठाँउमा काग्रेसले हारेको तर माओवादीलाई काग्रेसले जिताएको यर्थतता कार्यकर्ता माझ प्रस्तुत गरे ।कांग्रेसका केन्द्रीय सदस्य नेता कोईरालाले नयाँ मतदातालाई ,रुख बाहेक अन्य चिन्हमा कसरी मतदान गर्न लगाउने त्यो कुरा कांग्रेसका लागी चुनौती भएको वताए ।

नेता कोईरालाले भने, ‘पहिलो पटक ३६ लाख मतदाताले मत दिँदैछन् ,उनीहरूलाई हसिया हथौडामा भोट हाल भन्यौं भने आमनिर्वाचन र त्यसपछिका चुनावमा रुखमा मत हाल भनेर कसरी भन्ने ? यो गम्भीर विषय हो,’ उनले थपे ‘यो कुरालाई कसरी म्यानेज गर्ने ? तालमेल गर्ने कुरालाई म खराब भन्दिनँ । तर, यो कुरालाई पनि हामीले मध्यनजर गर्नुपर्छ । एकातिर घरघर जाऔं कांग्रेस जिताऔं भनेका छौं । अर्कोतिर माओवादीलाई भोट हाल भनेका छौं । यो त मिलेन,ब्यवस्थापन कसरी गर्ने । ”

  • २१ चैत्र २०७८, सोमबार १६:५३ प्रकाशित