ग्यास सिलिण्डर पड्किदा जलेर ३ बालबालिकाको मृत्यु

केन्द्रभाग मिडिया

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँसको सिलिन्डर पड्किदा तीन बालबालिको ज्यान गएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी ७ बजे सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मिनबहादुरका १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङका साढे २ वर्षीया छोरी दिव्याको मृत्यु रहेको प्रहरीले जनाएको छ। आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको हो ।आगलागीमा मीनबहादुर पनि घाइते भएका छन् । उनको उपचार जारी छ ।

  • २१ चैत्र २०७८, सोमबार १०:०८ प्रकाशित