अब ३ महिनामै बुस्टर डोज

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब ३ महिनापछि बुस्टर खोप दिने भएको छ। कोभिड–१९ को खोपको पहिलो श्रृंखला पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने व्यवस्था गरेको मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरिएको छ । यसअघि कोभिड –१९ को पहिलो श्रृंखला खोप लगाएको ६ महिनापछि मात्र बुस्टर डोज दिनुपर्ने सरकारी नीति थियो ।

  • २० चैत्र २०७८, आईतवार १५:१३ प्रकाशित