आज डलरको मूल्य कति पुग्यो : यस्तो छ अन्य देशको मुल्यदर(सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९७ पैसा र विक्रीदर १२१ रुपैयाँ ५७ पैसा पुगेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र विक्रीदर १३४ रुपैयाँ ३३ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ८८ पैसा र विक्रीदर १५९ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

जापानी येन आज १० को खरिददर नेपाली ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा रहेको छ । कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र विक्रीदर १३१ रुपैयाँ ५१ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८५ पैसा र विक्रीदर ९१ रुपैयाँ ३१ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ८५ पैसा रहेको छ भने विक्रीदर ९७ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • २० चैत्र २०७८, आईतवार ०९:४० प्रकाशित