पेट्रोलियम व्यवसायीले फिर्ता लिए आन्दोलन, आजबाट बिक्रीवितरण सहज (सहमति पत्रसहित)

केन्द्रभाग मिडिया

File photo

दुई दिनदेखि देशैभर पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प पारेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् ।

आज चैत २० गतेबाट गर्ने भनिएको देशव्यापी आन्दोलन नेपाल आयाल निगमसँगको वार्तापछि व्यवसायीले फिर्ता लिएका हुन् । हिजो साँझ अबेरसम्म भएको वार्ताबाट सकरात्मक निष्कर्ष निस्केपछि आजबाट पेट्रोल विक्री वितरण सहज हुने भएको छ ।

नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लले निगमसँगको वार्ता सकरात्मक भएको भन्दै आजबाट पुन पेट्रोलियम पदार्थको बिक्री वितरण सुरु हुने बताए ।

उनले घोषणा भएको आजदेखिको चरणबद्ध आन्दोलन हिजैबाट फिर्ता भएको बताएका छन् ।निगमलाई ढुवानी भाडा बढाउन दबाब दिँदै व्यवसायीहरू आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि देशभरका पेट्रोल पम्पहरूमा लाइन सुरु भइसकेको छ । उनले आज अहिले बिहान ८ बजेबाटै पेट्रोलियम पदार्थको बिक्री वितरण सुरु हुने बताएका छन् ।

निगमलाई ढुवानी भाडा बढाउन दबाब दिँदै व्यवसायीहरू आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि देशभरका पेट्रोल पम्पहरूमा लाइन सुरु भइसकेको छ । यता पोखराका अधिकांश पेट्रोल पम्पमा पेट्रोल अभाव भएपश्चात पम्प बन्द भएका छन् ।

निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरू बीच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल.पी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यसअघि, पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले संयुक्त संगठन बनाएर देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए । उनीहरूले विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेको तर निगमले आफूहरूको ढुवानी भाडा नबढाएको बताउँदै आएका थिए ।

  • २० चैत्र २०७८, आईतवार ०७:११ प्रकाशित