प्रधानमन्त्री देउवाव र मोदीबीच नयाँदिल्लीमा भेट

केन्द्रभाग मिडिया

पोखरा ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएको छ।

भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँदिल्ली पुगेका हुन् ।
भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाको बेग्लै र प्रतिनिधिमण्डलस्तरीय हैदराबाद हाउसमा वार्ता समेत भएको छ । द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेलको संयुक्त रुपमा उद्याटन गरेका छन् ।

त्यस्तै, नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्यचौकीको दुई प्रधानमन्त्रीले संयुत्तः रुप्मा उद्घाटन गरेका छन् । नेपालमा उत्पादित र नेपाललाई आवश्यकताभन्दा बढी भएको विद्युत् खरिदका विषयमा सम्झौताका लागि द्विपक्षीय छलफल भएको बताइएको छ ।

  • १९ चैत्र २०७८, शनिबार १२:५३ प्रकाशित