भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा भेटघाटमा व्यस्त

केन्द्रभाग मिडिया

नयाँदिल्ली ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज अपराह्न नयाँदिल्ली पुगेका छन् ।

देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, भारतको बाह्यमामिला मन्त्रालय र यहाँस्थित नेपाली दूतावासका उच्च अधिकृतहरूले स्वागत गरेका थिए ।

भारत पुगे लगत्तदै प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा देउवालाई जयशंकरले भेटेका हुन् ।
त्यस पछि देउवा भारतीय जनता पार्टी ९भाजपा०को प्रधान कार्यालय पुगेर भाजपा नेताहरूसँग भेटघाट गरेका छन् ।

भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले साँझ यहाँस्थित नेपाली दूतावासमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भारत भ्रमणका लागि आजै त्यसतर्फ प्रस्थान गरेका थिए ।

  • १८ चैत्र २०७८, शुक्रबार १८:१५ प्रकाशित