कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणलाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठतम मन्त्री गृहमन्त्री खाणलाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् ।

प्रधानमन्त्री देउवा शुक्रबार तीनदिने भारत भ्रमणमा गएका छन् । देउवा चैत २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

  • १८ चैत्र २०७८, शुक्रबार १४:३५ प्रकाशित