प्रधानमन्त्री देउवालाई भव्य स्वागत गर्दै भारत : चोकचोकमा देउवाको फोटो

केन्द्रभाग मिडिया

एजेन्सी ।

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गरेका हुन् ।

भारतले प्रधानमन्त्री शेरबहादुर देउवाको भव्य स्वागत गर्ने भएको छ । इन्दीरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलदेखि प्रधानमन्त्री देउवा बस्ने चाणक्यपुरीस्थित होटल आटिसी मोर्यसम्म स्वागतको भव्य तयारी गरेको हो ।

विमानस्थलदेखि होटेलसम्मको सडकमा नेपाल र भारतको झण्डा, प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त फोटो टाँगिएको छ ।

५० सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा गएका हुन्प्रधानमन्त्रीका साथमा उनकी पत्नी डा। आरजु राणा देउवालगायत परराष्ट्रमन्त्री डा। नारायण खड्काकासाथै अन्य वरिष्ठ मन्त्री, सचिव र अधिकारी सहभागी छन्।

नेपालबाट प्रधानमन्त्रीस्तरको भारत भ्रमण यो चार वर्षपछि भएको हो।

  • १८ चैत्र २०७८, शुक्रबार १४:२१ प्रकाशित