प्रधानमन्त्रीको भारत भ्रमणअघि बसेको मन्त्रिपरिषदले गरेका १० निर्णयमा के–को छन् ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
सरकारले राष्ट्रिय भूमि आयोग गठन बमोजिम ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय भएको जानकारी दिए।

त्यस्तै उक्त बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गर्ने भारत भ्रमणमा सहभागी हुने प्रनिधिमण्डलको गठन गर्ने तथा भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ।

  • १८ चैत्र २०७८, शुक्रबार १२:४१ प्रकाशित