एमसीसी कुनैपनि हातमा लागू हुन दिदैँनौ : विप्लव

केन्द्रभाग मिडिया

File photo

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा एमसीसी लागू हुन नसक्ने दावी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसका बिरुद्ध मोर्चा खोल्नुपर्ने धारणा राखेका हुन ।

नेपालबाट साम्राज्यबादको हस्तक्षेप रोक्नुपर्ने उनको भनाई छ । उनले नेपाल र नेपाली गरिव भएर समस्या नआएको भन्दै नेपालको दलाल पूँजीबादी सत्ताका कारण समस्या पैदा भएको धारणा राखे ।

दलाल पूँजीबादी सत्ताले नेपाली जनतालाई लुछिरहेको उनको भनाइ थियो । उनले अब गाउँगाउँबाट एमसीसी पक्षधरलाई लखेटनुपर्ने तर्क समेत गरेका छन् ।

  • १८ चैत्र २०७८, शुक्रबार १२:३५ प्रकाशित