देउवाको भ्रमणप्रति एमालेको आपत्ति

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरि प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको भन्दै एमालेले आपत्ति जनाएको हो ।

मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भ्रमण पारिवारिक हो कि, प्रधानमन्त्रीको हैसियतले हो भन्दै प्रश्न गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन ।’

देउवाको भ्रमण निजी /पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै रिजालले प्रश्न उठाएका हुन् । स्वाभाविक रुपमा प्रश्न उठेको छः शेरबहादुर देउवाको यो भ्रमण निजी/ पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हुन लागेको हो ? उनले प्रश्न गरेका छन् ।

  • १८ चैत्र २०७८, शुक्रबार ०९:०३ प्रकाशित