‘ठेकेदार’ को विरोध : उम्मेदवार बन्न नपाउने प्रावधान विरुद्ध अदालत जाँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले ठेक्का पत्तामा आवद्ध व्यक्तिलाई उम्मेदवार बन्न कडाई गर्ने बताएसँगै ठेकेदारहरु विरोधमा उत्रिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले चुनावमा निर्माण व्यवसायी सहभागी हुन नपाउने व्यवस्थाको बिरोध गर्दै त्यस विरुद्ध अदालत जाने बताएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा निर्माण व्यवसायी उम्मेदवार बन्न नपाउने गरी आयोगले प्रावधान बनाएको छ ।

आयोगले गरेको निर्णय संविधानले दिएको मौलिक हक विरुद्ध रहेको भन्दै त्यसका लागि कानुनी उपचार खोज्ने निर्माण व्यवसायीले बताएका छन्।

बुधबार बसेको आयोगको बैठकले ठेक्कापट्टामा सहभागीहरू स्थानीय तहको चुनावमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको थियो ।

  • १७ चैत्र २०७८, बिहीबार १६:३३ प्रकाशित