‘हेट स्पिच’ माथि निगरानी : आयोगलाई जाँच्दा अप्ठ्यारो पर्नसक्ने चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले सोसल मिडियामा निर्वाचनका बेला पोष्ट हुने ‘हेट स्पिच’(द्वेषपूर्ण भाषण/घृणात्मक अभिव्यक्ति)हरुमा कडा निगरानी गर्ने भएको छ ।

आयोगले अभद्र अभिव्यक्तिहरुमाथि निगरानी गरिरहेकाले आयोगलाई जाँच्नकै लागि निर्वाचन आचारसंहिता उल्लंघन नर्गन आग्रह गरेको छ।

निर्वाचन आयोग र नेपाल कानुन समाजले बिहीबार आयोजना गरेको निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिकाु विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता कार्यान्वयनमा ख्याल गर्न आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमा निर्वाचनसम्बन्धी गतिविधि गर्दा र अभिव्यक्ति दिँदा ध्यान दिनसमेत उनले आग्रह गरे । आयोगले के कतिसम्म गर्दो रहेछ भनेर जाँच गर्न खोज्दा अप्ठ्यारो पर्नसक्ने भन्दै उनले चेतावनी समेत दिएका छन् ।

आयोगले निर्वाचनका बेला सामाजिक सञ्जालमा पोष्ट हुने अभिव्यक्ति र चुनावी गतिविधिबारे आलोचना, समर्थन लगायतका सामाग्रीमाथि निगरानी राख्न आइटी टोलि नै खटाउने यसअघि घोषणा गरिसकेको छ ।

  • १७ चैत्र २०७८, बिहीबार १४:५१ प्रकाशित