आज युरो र अष्ट्रेलियन डलरको भाउ बढ्यो : यस्तो छ अन्य देशको मुद्रादर(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले तय गरे अनुसार आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५६ पैसा छ । हिजो एक युरोको खरिददर १३३ रुपैयाँ ९४ पैसा बिक्रीदर १३४ रुपैयाँ ६० पैसा रहेको थियो ।

युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ १० पैसा कायम छ । अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४७ पैसा रहेको छ ।हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९५ पैसा र बिक्रिदर ९१ रुपैयाँ ४० पैसा रहेको थियो ।

जापानी येन आज १० को खरिददर नेपाली ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ । कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • १७ चैत्र २०७८, बिहीबार १०:११ प्रकाशित