सत्ता गठबन्धनको बैठक बस्दै : यस्ता छन् एजेण्डा

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्ता गठबन्धनको बैठक आज बस्दैँछ ।

आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा अझै टुंगो लाग्न नसकेपछि आज छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्न लागेको हो । त्यसअघि अहिले प्रधानमन्त्री निवास बाुलवाटारमा मन्त्रीपरिषदको बैठक बसीरहेको छ।

मन्त्रीपरिषद्को बैठक पश्चात गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बिहान साढे १० बजे बस्न लागेको बताइएको छ। सत्तारुढ दलका नेताहरुले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन तथा त्यसपछिका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने बताइरहेका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसभित्र भने तालमेलको विषयमा विवाद कायमै छ । यद्यपि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा भने चुनावमा गठबन्धन गर्ने विषयमा दृढ देखिएका छन् । शेखर कोइराला पक्षले भने कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ ।

आजको सत्ता गठबन्धनको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबार हुने भारत भ्रमण र नेपालले उठाउने एजेण्डाका विषयमा पनि छलफल हुने बताइएको छ ।

  • १७ चैत्र २०७८, बिहीबार ०९:२० प्रकाशित