सत्ता गठबन्धनको बैठक अघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

विहीबार विहान ८ : ३० बजेबाट मन्त्रिपरिषद बैठक बसिरहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।आजै विहान साढे १० बजे सत्ता गठबन्धनको बैठक बोलाएका प्रधानमन्त्री शेरबहादुर देउवा त्यसअघि मन्त्रिपरिषद बैठक राखेका हुन् ।

स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुने भएकाले आजको बैठकले केही महत्वपूर्ण निर्णय नियुक्त लिने बुझिएको छ । प्रधानमन्त्री देउवा भोलि छिमेकी मुलुक भारतको दुई दिने भ्रमणमा निस्किँदै छन् ।

  • १७ चैत्र २०७८, बिहीबार ०८:४४ प्रकाशित