पोखरामा एकाबिहानै दुर्घटना : नयाँ गाउँकी १८ वर्षीया अन्जना पाईजाको मृत्यु , एक घाईते

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज एका बिहानै सवारी दुर्घटना हुदाँ एकको ज्यान गएको छ भने एक जना घाईते भएकी छिन् ।

आज बिहान करिब ६ बजेको समयमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक पोखरा १५ नयाँ गाउँकी १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

ट्रकको ठक्करबाट स्कुटरको पछाडि सवार पोखरा वडा–१० घलेचोक बस्ने १८ वर्षीया मिना गुरुङ घाइते भएकी छन् । उनको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको डीएसपी तिवारीले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रक र ट्रक चालक बैदाम प्रहरीको नियन्त्रणमा रहेका छन् ।

  • १६ चैत्र २०७८, बुधबार ०८:४९ प्रकाशित