बिम्सटेक सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रम देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलन आजबाट श्रीलंकामा सुरु हुदैँछ ।

सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल सम्बोधन गर्ने भएका छन् । देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अहिले बिहान ९ बजे भर्चुअल रूपमा सम्बोधन गर्ने भएका हुन् ।

सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का यसअघि नै श्रीलंका पुगेका छन्। बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् ।

  • १६ चैत्र २०७८, बुधबार ०८:४० प्रकाशित