मनिपाल अस्पतालले आधारभुत सुविधा पनि नदिएको कर्मचारीको गुनासो

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा रहेको गण्डकी प्रदेशको ठुलो अस्पताल मनिपाल अस्पतालले श्रम ऐन कार्यान्वयन नगरेको र कर्मचारीले पाउनुपर्ने न्युनतम आधारभुत सेवा सुविधा काटेको भन्दै कर्मचारीले गुनासो गरेका छन् । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी मनिपाल कर्मचरी युनियन समन्वय समितिले न्युनतम सेवा सुविधाबाट समेत कर्मचारी बञ्चित हुनुपरेको जनाएको छ ।

युनियनका अध्यक्ष जीवन बहादुर थापाले क्रिया बिदा, सुत्केरी बिदा, सुत्केरी स्याहार बिदा, अतिरिक्त समयको ज्याला, संचित बिदाको रकम अस्पताल प्रशासनले नदिएको बताए । सन् २०१० मा श्रम कार्यालय, जिल्ला प्रशासन कार्यालय र श्रमीक युनियनबीच भएको सम्झौता अनुसारको पाउन पर्ने उपदान समेत अस्पतालले नदिएको उनले पत्रकार सम्मेलनमा बताए ।

कोरोना संक्रमणको जोखिममा काम गरेका कर्मचारीको कोरोना बिमा समेत अस्पतालले आफै राखेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । ६ महिना भन्दा बढि प्रशिक्षार्थी कर्मचारी राख्न नपाउने र सो भन्दा पछि पनि रोजगारमा निरन्तरता भए श्रम ऐन अनुसार पारिश्रमीकम दिनुपर्नेमा अस्पताल प्रशासनले न्युनत तलब समेत नदिएको थापाले बताए ।

युनियनले श्रम ऐन २०७४ कार्यान्वयन नगरे थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ । युनियनले श्रम ऐन कार्यान्वय गर्न दवाव दिदै अस्पताल प्रमुख र सहायकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । पुष २० गते देखी तालबान्दी गरेर आन्दोलन गर्दा पनि प्रशासन मौन रहेकाले थप आन्दोलन गर्न बाध्य पारिएको युनियनले जनाएको छ ।

  • १५ चैत्र २०७८, मंगलवार १८:२१ प्रकाशित