चुनावमा अरू दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौंं ।
नेपाली कांग्रेसले स्थानीय तह चुनावमा अन्य दलसंग चुनावी तालमेल गरेर जाने भएको छ । आज बसेको केन्द्रीय समिति बैठकले चुनावमा गठबन्धन गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

‘स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय भयो, महतले भने। निर्वाचनका लागि माथी देखी तल्लो निकाएसंग संयन्त्र बन्ने उनले जानकारी दिए ।

बैठकले आउने वैशाख ३० मा हुने स्थानीय चुनावका लागि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन केन्द्रीय परिचालन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

  • १५ चैत्र २०७८, मंगलवार १८:०० प्रकाशित