कुष्ठ प्रभावितलाई जिविकोपार्जनमा सघाउन आइडियाको आर्थिक सहयोग

केन्द्रभाग मिडिया

पोखरा ।

एसोसिएसन फर आइडिया नेपालले कुष्ठ प्रभावितको आयआर्जन र जिविकोपार्जनमा सहजताका लागि आर्थिक सहयोग गरेको छ । मंगलबार पोखरा १५ स्थित कार्यालयमा आयोजना गरिएको कार्यक्रमका बीच नगद नै आर्थिक सहायता प्रदान गरिएको हो ।

आर्थिक सहायता प्रदान गर्दै पोखरा महानगर वडा नम्बर १५का वडा अध्यक्ष प्रकाश पौडेलले सानो सहयोगले पनि नागरिकको जीवनयापनमा सहज अवस्था आउने बताए । पोखरा महानगरपालिकाको तर्फबाट पनि विपन्न नागरिकका लागि विभिन्न आयआर्जनका कार्यक्रम राखिएकोले त्यसको समेत लाभ लिन उनले आग्रह गरे । एसोसिएसन फर आइडिया नेपालले विपन्नका लागि गरेको सहयोगको राम्रो उपयोग हुने उनले अपेक्षा प्रकट गरे ।

कार्यक्रममा एसोसिएसन फर आइडिया नेपाल गण्डकी प्रदेशका अध्यक्ष शंकर पन्थले सानो रकम भएपनि सहयोग गर्न पाइएको भन्दै जिविकोपार्जनमा यसले सहयोगी भूमिका खेल्ने अपेक्षा गरे । कुष्ठ प्रभावित हुनु र अन्य सामान्य रोग लाग्नु उस्तै भएको भन्दै उपचार गरे । कुष्ठरोग निको हुनेहुँदा आफूलाई कुष्ठरोग लाग्यो भनेर हिनता बोध गर्न नहुने उनले बताए । ‘कुष्ठ रोग र अन्य सामान्य रोग उस्तै हो । औषधी सेवन गरे निको हुन्छ अनि किन कुष्ठरोग लाग्यो भनेर चिन्ता लिनु ?’ उनले भने ।

कार्यक्रममा पाष्टर गृष्मकेशव पराजुली, आइडिया नेपालका केन्द्रीय सदस्य एवं प्रतिनिधि बशन्ति केसी र प्रदेश सचिव प्रेम बास्तोला लगायतले उक्त अवसरमा बोलेका थिए । सचिव बास्तोलाका अनुसार बाख्रा पालन, भैंसी पालन, कखुरा पालन लगायत जिविकोपार्जनमा उक्त रकम उपयोग गर्नेछन् ।

उक्त अबसरमा कार्यक्रममा अवस्था र योजना हेरेर १० जनालाई १५ हजार, १० जनालाई १५ हजार, १० जनालाई १० हजारका दरले र तीन जना कोरोना संक्रमित भई निको भएकालाई १५ हजारका दरले उपलब्ध गराइएको सचिव बास्तोलाले जानकारी दिए ।

 

  • १५ चैत्र २०७८, मंगलवार १६:१६ प्रकाशित