देउवाले भने : ‘चुनावी गठबन्धनको विकल्प छैन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धनको विकल्प नभएको बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा देउवाले आगामी चुनावमा गठबन्धन गर्नुको विकल्प नरहेको बताएका हुन् ।

काँग्रेसभित्र गठबन्धन गर्ने र नगर्ने पक्ष र विपक्षमा नेता कार्यकर्ता खडा भएपछि देउवाले गठबन्धनबिना जित्न मुस्किल भएको बताए । बैठकलाई सम्बोधन गर्दै देउवाले पहिला एक्लै लड्दा आफूले समेत बालबाल जितेको बताए ।

‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार। गठबन्धन नगरेर हुन्छ ?’, देउवाले भने, ‘गठबन्धन गरेर जाँदा हामी सबै जित्छौं भन्या । ए बाबा पहिला धेरै साथीहरू हारेका हैनन् र ?’

  • १४ चैत्र २०७८, सोमबार १६:३८ प्रकाशित