आज डलरको भाउ कति पुग्यो, यस्तो छ अन्य देशको मुद्रादर(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले तय गरे अनुसार आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा रहेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ४२ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा कायम छ । अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८२ पैसा रहेको छ ।

जापानी येन आज १० को खरिददर नेपाली ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ । कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २० पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • १४ चैत्र २०७८, सोमबार ०८:३७ प्रकाशित