माझठानामा कांग्रेसको नागरिक अन्तर संवादः जनताका समस्या समाधान गर्ने कांग्रेसको प्रतिवद्धता (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेस कास्की एक चुनाव लक्षित छलफलमा जुटेको छ । शनिबार पोखरा पोखरा २८ डाँडा गाउँमा नागरिकसँग कांग्रेस संवाद कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले जनताका समस्या नजिकबाट बुझेको बताए । कांग्रेसले आफूले पूरा गर्न सक्ने बाँचा मात्र गर्ने उनको भनाई थियो । ‘कांग्रेसले पूरा गर्न सक्ने बाँचा मात्रै गर्छ । त्यो भन्दा बढी गर्दैन,’ उनले भने ।

डाँडा गाउँको विकासका लागि कांग्रेसले धेरै विकास निर्माणका कामको सुरुआत गरे पनि जस भने एमालेले लिएकोमा उनले दुख प्रकट गरे । ‘कांग्रेसले धेरै काम गरेको छ । यहाँको सडक, पुल निर्माणको सुरुआत कांग्रेसले गरेको हो । हामीले प्रचार गरेनौं, अब प्रचार गर्नुपर्छ,’ उनले भने ।

जनताको समस्या सुन्न र सम्बन्धित निकायसामु पु¥याउन आफूहरु घरदैलोमा आइ पुगेको उनले सुनाए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा फरक दल र विचार भएकै कारण मतभेद हुन नहुने उनको भनाई थियो । अर्को दलका नेताहरुलाई पनि जनताको समस्या सुन्नका लागि आफूहरुसँगै आएको खण्डमा पनि फरक नपर्ने उनले बताए ।

मन्त्री मेखलाल श्रेष्ठले कांग्रेसले मात्रै सबै जाति, वर्गलाई समेट्ने बताए । कांगे्रस नागरिकसँग हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्ने उनले सुनाए । ‘यो कुरा बोलीमा मात्रै होइन । कसैले बोलीमा मात्र बोल्छ,’ उनले अघि सुनाए, ‘नेपाली कांग्रेसले जे बोल्छ । त्यो पूरा गरेर पनि छाड्छ ।’
डाँडा गाउँबासिसँग छफलफलमा जुट्नुको ध्येय जनताको समस्या कांग्रेसको पनि समस्या भएकाले त्यसलाई सम्बोधन गर्न आफूहरु जुटेको उनले बताए । ‘नेपाली कांग्रेसले लुकेर होइन, छिपेर होइन । सँगसँगै बसेर खान्छ, काम गर्छ र तपाईंहरुको समस्यासँग सँगै हुन्छ,’ उनले भने, ‘तपाईंहरुको समस्या कांग्रेसको पनि समस्या हो ।’

कांग्रेसले समस्या सुन्ने मात्र नभई समाधानतर्फ पनि जुट्ने उनले सुनाए । उनले डाँडागाउँ बासिलाई आफ्नो मनमा लागेका समस्या निर्धक्क बताउन समेत अनुरोध गरे ।

उनले जनताका सारा समस्या सुनेर सम्बन्धित निकायसम्म पु¥याउने बाँचा समेत गरे ।नेपाली कांग्रेस कास्की एकका अध्यक्ष राजेन्द्रमणी लामिछानले ठूलाबडाका हातबाट जग्गा खोसेर कांग्रेसले जनतालाई दिएको बताए । उनले पछाडी परेका समुदायलाई माथि ल्याउन विपीले महत्वपूर्ण भुमिका खेलेको बताए । उनले कांग्रेसले नागरिकहरुलाई शिक्षा दिनेदेखि अघि बढाउनका लागि ठूलो भुमिका खेलेको बताए ।

यस्तै, कार्यक्रममा महासमिति सदस्यविकास गुरुङ, सुरजजंग राणन सरु नेपाली, प्रतापराज भण्डारी, प्रदेश प्रतिनिधि श्रीकृष्ण लामिछाने, डाल्डादेवी भुजेल, विश्वरमण अधिकारी, कृतिराज त्रिपाठी लगायतले बोलेका थिए । आफ्ना समस्या सुनाएका आएका डाँडा गाउँ बासिले खानेपानीको चर्को समस्या रहेको बताएका थिए । जनताका सारा समस्या सुनि रहेका नेताहरुले समस्या सम्बन्धित निकायसमक्ष पु¥याउने बाँचा गरेका थिए ।

कार्यक्रममा डाँडागाउँबासिको उल्लेख्य उपस्थिति थियो । उपस्थित सबैले आ आफ्ना समस्या सुनाएका थिए । कार्यक्रमको संयोजन गमबहादुर बिकले गरेका थिए ।

ज्येष्ठ नागरिक गंगाराम सुनार र टिकाराम विकलाई कार्यक्रममा सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा बुद्धबहादुर दमै साइलाले दुइ जोर नौमती बाजा दिने समेत घोषणा गरेका छन् । कार्यक्रमको अध्यक्षता क्षेत्रनम्बर १ का सभापति राजेन्द्रमणी लामिछानले गरेका थिए ।

  • १२ चैत्र २०७८, शनिबार १९:२७ प्रकाशित