प्रहरीमा एकैपटक १८ हजारको बढुवा सिफारिश

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाल प्रहरीमा तल्लो तहमा३ पद थप्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउन आइजीपी शैलैश थापा क्षेत्रीले कदम चालेका छन् । प्रहरी प्रधान कार्यालयले थपिएका तीन पदमा बढुवा सिफारिश गरेको छ ।

१० चैत्रमा १८ हजार प्रहरीको बढुवा सिफारिशको सूचना प्रकाशन भएको छ । यसअघि मन्त्रिपरिषदले प्रहरी नियमावली संशोधन गरी ३ पद थप्ने निर्णय गरेको थियो । अब वरिष्ठ हवल्दार, सहायक हवल्दा र वरिष्ठ प्रहरी नायव निरीक्षक पद थपिएको छ । बढुवामा जेष्ठतालाई बढुवाको मुख्य आधार बनाउने गरी संशोधन गरिएको छ ।

बढुवाको सिफारिश भएकामा १९१ जना वरिष्ठ सई, ३ हजार ३ सय ८३ प्रहरी वरिष्ठ हवल्दार, १४ हजार ५ सय ६७ लाई प्रहरी सहायक हवल्दार पदको बढुवाका लागि सिफारिश गरिएको छ ।

  • ११ चैत्र २०७८, शुक्रबार १४:४३ प्रकाशित