पूर्व डेपुटी गभर्नर शिवाकोटीको गीत ‘कोटेश्वर’ सार्वजनिक (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
गीतकार चिन्तामणि शिवाकोटीको ‘कोटेश्वर’ बोलको गीत सार्वजनिक भएको छ । शिवाकोटीले आफ्नै युट्युव च्यानल ‘चिन्तामणि सिवाकोटी पोइट एण्ड लिरिक्स’ मार्फत दुई दिन अगाडि उक्त गीत सार्वजनिक गरेका हुन् ।

मायाँ पिरती, रोमान्स र विछोडको पीडालाई उनले गीतमा उतारेका छन् । गीतमा रामकृष्ण ढकालको स्वर, चिन्तामणि शिवाकोटीको शब्द, आलोक श्रीको संगित रहेको छ । यो गीतको भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा साक्क्षी लम्साल, विकास लामिछाने र महेश खड्काको जोडदार अभिनय रहेको छ । एक वर्ष अगाडि नेपाल राष्ट्रबैंकको डेपुटी गभर्नर बाट अबकाश लिएका गीतकार शिवाकोटीका यस अगाडि आएन खबर, समृद्ध नेपाल सुखी नेपाली, हिमालबाट हिउँ पग्ली तराईमा झर्नुपर्छ र आएर बस काखमा मेरो’ लगायतका गीत चर्चित छन् ।

यस अगाडि उनले ल्याएको गीत ‘मत जीउँदै छु’ पनि चर्चित रह्यो । वित्तिय साक्षरता, सामाजिक सुरक्षा, आर्थिक विकास, देशभक्ति र समृद्धिका लागि गीत मार्फत झक्झक्याएका उनले पछिल्लो गीत मायाँ पिरतीसंग सम्बन्धित खासगरी रोमान्टिक प्रेम गीत रहेको बताए ।

सिर्जनशील कार्यमा लगाव राख्ने सिवाकोटीले २०४३ सालदेखि गीत लेख्न थालेका हुन् । नेपाल राष्ट्र बैंकबाट कामको सिलसिलामा क्यानडा जाँदा देशको यादमा एकै रातमा तीन वटा गीत लेखेको उनी बताउँछन् ।

  • १० चैत्र २०७८, बिहीबार १३:५३ प्रकाशित