स्थानीय तहको उम्मेदवार हुन एमालेले तय गर्‍यो ६ मापदण्ड (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि ६ वटा मापदण्ड तय गरेको छ ।एमालेले काठमाडौंमा जारी केन्द्रीय कमिटी दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका लागि ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै छलफल सुरु गरेको छ ।

जसअनुसार एमालेबाट स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिहरुको कामको मूल्याङ्कनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एव सुशासन र विकास प्रतिको दृष्टिकोण भएका मात्र उम्मेदवार हुन पाउने गरी मापदण्ड बनाएको हो ।

  • १० चैत्र २०७८, बिहीबार १३:११ प्रकाशित