पोखरामा संचालनमा आयो “गो गिन्र मोटर्स ”

केन्द्रभाग मिडिया

पोखरा  ।
पेट्रोलीय पदार्थको प्रयोगले वातावरण दिन प्रतिदिन प्रदुषण हुदै गएको छ । पोखरामा पेट्रोलीय पदार्थको वैकल्पीक प्रयोगको लागी “गो गिन्र मोटर्स प्रा‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ली ”संचालनमा आएको छ ।

“क्लाइमेट चेन्जको निम्ति अघि बढ्दै ” भन्ने नारा सहित गण्डकी प्रदेशमा विजुलीबाट चल्ने गाडी तथा स्कुटरको सोरुम संचालनमा आएको हो ।

वेला वेलामा पेट्रोलीय पदार्थको मुल्य वढेर आजीत नेपालीहरुलाई थोरै समयमा चार्ज हुने भरपर्दो इलेक्ट्री स्कुटरहरुले धेरै राहात दिने “गो गिन्र मोटर्सका व्यवस्थापक पारस त्रिपाठी बताउछन् ।

आफ्नै देशको बिजुली उपभोग गर्दै यात्रा गर्ने सपना सानै देखि बुनेका “गो गिन्र मोटर्सका अध्यक्ष विवेक त्रिपाठीले भने “अब हामी सवैले आफ्नै देशको विजुली प्रायेग गर्ने हो वातावरण जोगाउनु को साथै पैसाको समेत बचत हुने इलेक्ट्रीक सवारी साधन प्रयोग गर्नुको विकल्प नरहेको बताए ।

विवेकले भने , किनभने हामी जलविद्युतमा सम्पन्न छौ। त्यही उद्देश्य अनुरुप अव नत पेट्रोलको लाइनमा वस्नु पर्ने न त मोवील नै राख्नु पर्ने आर्थीक वचत देखि वातावरण संरक्षणमा इलेक्ट्री स्कुटरको प्रयोग गर्नु पर्ने बताउ छन् ।”

पोखराको नयाँ वजार स्थित प्रदेश संग्रहालयको आडमा रहेको रिजनल कलेजको पहिलो सटरमा सम्पर्क कार्याल रहेको “गो गिन्र मोटर्स ”मा अहिले विजुलीबाट चल्ने ,स्कुटरहरु उपलब्ध रहेका छन् । कम्पनीले प्रि बुकिङ खुल््ला गरेको छ । पहिलो १० ग्राहकलाई ५ हजार पाँच सय पचपन्न रुपैया छुट दिने जनाएको छ ।

  • ९ चैत्र २०७८, बुधबार १७:४३ प्रकाशित