काँग्रेसमा चुनावी तालमेलको पक्ष र विपक्षमा को–को छन् ?सूचीसहित

केन्द्रभाग मिडिया

स्थानीय तह निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । राजनितिक दल मतदातालाई आर्कषित गर्नका लागि गाउँगाउँ पुग्न थालेका छन् ।

मुख्य दलका शिर्ष नेताहरु यसपाली पनि जनतालाई रिझाउन दौडधुप गरिरहेका छन् । कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने अवस्था रहेकाले राजनीतिक पार्टी चुनावी तालमेलका लागि एक आपसमा छलफल गरिरहेका छन् ।

मुख्य गरि सत्तारुढ गठबन्धनभित्र चुनावी तालमेल गर्ने नगर्ने भन्ने बारे तीव्र छलफल चलिरहेको छ । सत्तारुढ गठबन्धनभित्र चुनावी तालमेलको चर्चा भए पनि तार्किक निष्कर्षमा पुगिसकेको छैन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ठोस निर्णय नगरेका कारण स्थानीय निर्वाचनमा तालमेल हुने वा नहुने यकिन भइसकेको छैन ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको बैठकसम्म धैर्य गर्न गठबन्धनका नेताहरुलाई भनेका छन् । यद्यपि कांग्रेसभित्र चुनावी तालमेलबारे मत बाझिएको छ ।

काँग्रेसभित्र अधिकांश नेता कार्यकर्ताले गठबन्धन नगरि एक्लै चुनाव लड्नुपर्ने बताइरहेका छन् । यद्यपि सभापति देउवाले भने गठबन्धन बिना चुनाव जित्न सम्भव नरहेको भन्दै तालमेल हुने संकेत गरेका छन् ।

उनले आफ्ना नेता कार्यकर्तालाई गठबन्धनभित्रका पार्टीलाई नचिढ्याउन आग्रह समेत गरेका छन् ।देउवा पक्षका अधिकांश नेता कार्यकर्ता चुनावी तालमेलको पक्षमा रहेको छन् भने संस्थापन इतरपक्ष तालमेलको पक्षमा छैन ।

देउवाले भने गठबन्धन आवश्यकता र बाध्यता दुवै भएको भन्दै गठबन्धनका दलहरुलाई साथमा लिएर हिड्न उपयुक्त चुनावी तालमेल गर्नैपर्ने बताएका छन् ।

तालमेलको पक्षमा र विपक्षमा को–को छन् ?

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्नुपर्ने पक्षमा सभापति शेरबहादुर देउवा र उनीनिकट सबैजसो पदाधिकारी रहेको बताइएको । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चुनावी तालमेलको पक्षमा छन् ।

चुनावी तालमेलको विपक्षमा डा.शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्व महामन्त्री डा. शशांक कोइराला लगायत रहेका छन् ।

सभापति देउवाले स्थानीय निर्वाचनलगायतका विषयमा छलफल गर्न शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठक बोलाएका छन् । सोही बैठकबाट ‘गठबन्धन जोगाउन चुनावी तालमेल गरेर जाने निर्णय’ गराउने देउवाको तयारी छ ।

  • ९ चैत्र २०७८, बुधबार १४:२३ प्रकाशित