कांग्रेस गण्डकीको संगठन विभाग प्रमुखमा हरिप्रसाद बराल

केन्द्रभाग मिडिया

लमजुङ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका नेता हरिप्रसाद बराल नियुक्त भएका छन् । पार्टीको प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश सदस्य रहेका बराललाई ४ चैतमा संगठन विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।

उनलाई पार्टीको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ४, धारा १० (झ) बमोजिम पार्टी सभापति शर्माले नियुक्त गरेका हुन् । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका बराल काग्रेसका निवर्तमान जिल्ला सचिव हुन् ।

१४ औं महाधिवेशनमा प्रदेश अधिवेशन अन्तर्गत बराल गण्डकी प्रदेश सदस्य बनेका छन् ।

  • ९ चैत्र २०७८, बुधबार १०:३२ प्रकाशित