एमाले केन्द्रीय कमिटी तेस्रो बैठक बस्दै, यस्ता छन् एजेण्डा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबार बस्दैछ । ११ बजे बबरमहलस्थित कार्की ब्याक्वेटमा बैठक बस्ने तय भएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठक दुई दिन चल्ने बैठकका लागि यसअघि नै एजेण्डा तय भइसकेको छ। जसअनुसार केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत एजेण्डा तय गरिएको छ ।

  • ९ चैत्र २०७८, बुधबार ०८:४२ प्रकाशित