आज डलरको भाउ कति छ ? यस्तो छ विदेशी मुद्रादर (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज मंगलबारका अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०९ पैसा तय गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ २५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९१ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६० रुपैयाँ ४१ पैसा कायम छ ।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा रहेको छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा रहेको छ ।

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४० पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • ८ चैत्र २०७८, मंगलवार ०९:५८ प्रकाशित