पल शाहमाथि मुद्दा दर्ताको तयारी

केन्द्रभाग मिडिया

पोखरा ।

हिरासतमा रहेका अभिनेता पल शाहमाथि मुद्दा दर्ताको तयारी भएको छ ।

नाबालिग गायिकालाई माया गर्छु, बिहे गर्छु भन्दै फकाई फुलाई बलात्कार गरेको भन्ने उजुरी परेपछि तनहुँ प्रहरीको हिरासतमा रहेका नायक पल शाह विरूद्धको अनुसन्धान सकिएको भन्दै अब मुद्दा दर्ताको तयारी भएको हो ।

तनहुँ प्रहरीले अनुसन्धान पूरा गरेर रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्माले जानकारी दिए।शर्माले भ्याएसम्म आजै मुद्दा दर्ता गर्ने नभ्याए भोलि गर्ने बताएका छन् ।

नाबालिगका परिवारले फागुन ११ गते उजुरी दिएपछि शाह फागुन १५ गते प्रहरी हिरासतमा पुगेका थिए। पीडित नाबालिगले फागुन १५ गते नै नवलपुरमा प्रहरीमा समेत बलात्कार उजुरी दिएकी थिइन्।

नवलपुर प्रहरीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् बलात्कार मुद्दा दायर गरिसकेको छ।

  • ७ चैत्र २०७८, सोमबार १६:५८ प्रकाशित