चितवनमा कांग्रेस–माओवादीबीच चुनावी तालमेलः यस्तो छ काँग्रेसको सर्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसका नेताहरुले चुनावमा काँग्रेस एक्लै जानुपर्ने भन्दै तर्क गर्दै आइरहेको बेला चितवनमा गठबन्धनबीच तालमेल हुने भएको छ ।

स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय नेपाली काँग्रेस र नेकपा माओवादीबीच चुनावी तालमेल हुने पक्कापक्की भएको हो ।
देउवाले प्रचण्डको गृहजिल्ला चितवनमा चुनावी तालमेलका लागि गृहकार्य सुरु गरेको बताइएको छ।

कांग्रेसले शर्तसहित संघको निर्वाचनमा प्रचण्डलाई सघाउने प्रतिवद्धता गरेको जनाइएको छ। काँग्रेसले स्थानीय तहको निर्वाचनमा भने भरतपुर महानगरपालिकाको नेतृत्व आफुहरुलाई दिनुपर्ने शर्त राखेको बताइएको छ ।

अहिले भरतपुरको मेयर प्रचण्ड पुत्री रेनु दाहाल छिन् । उनी पूनः मेयरमा उठ्ने चर्चा छ ।तर भरतपुरको मेयरमा यसपाली रेनुलाले जित्ने सम्भावना न्युन रहेको काँग्रेसको आँकलन छ । यस्तोमा चुनावी तालमेल कसरी होला भन्ने चासो बढेको छ ।

कांग्रेस चितवनको सभापति राजेश्वर खनालले भरतपुरको मेयर कांग्रेसले लिने र संघको निर्वाचनमा प्रचण्डलाई सघाउनेगरि छलफल चलेको बताएका छन् ।

मेयर कांग्रेसले लिने र उपमेयर माओवादीलाई दिनेगरि चुनावी तालमेलमा जान सकिने भन्दै गठबन्धनभित्र छलफल चल्न थालेको बताइएको छ।

  • ७ चैत्र २०७८, सोमबार १५:३५ प्रकाशित