पूर्वी नेपाल जाँदै प्रधानमन्त्री देउवाः यस्तो छ कार्यक्रम तालिका

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

निर्वाचन नजिकिदैँ गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले देश दौडाहालाई तीव्र बनाउन थालेका छन् ।

देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा आयोजना भएको तीनवटा कार्यक्रममा सहभागी हुने बताइएको छ। उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।

त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ मोटरेबल पुल उद्घाटन गर्ने कार्यक्रम छ ।

  • ७ चैत्र २०७८, सोमबार ०९:२६ प्रकाशित