फोहोर नउठाउने पोखरा महानगरले व्यवसायीसंग साइन बोर्डको कर माग्यो

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले स्वेत आतंक गरेको भन्दै पोखरा उद्योग वाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गदै संघले कर उठाउने नाममा महानगरपालिकाले व्यवसायीमाथि दवाब र मानसिक याताना दिदै आएको जनाएको छ ।

व्यवसायीले व्यवसायको चिनारीका लागि राखेका बोर्डहरुको नाममा महानगरले कर आतंक फैलाएको संघले जनाएको छ । महानगर राजश्व संकलन गर्न स्वतन्त्र छ, तर साइन बोर्डको पनि शुल्क उठाउन खोज्नु कुनै कोणबाट जायज छैन, विज्ञप्ती उल्लेख छ ।

महानगरबाट कर उठाउने अख्तियारी पाएको भन्दै साइन हव प्रालिले केही दिन यता व्यवसायीहरुको पसल पुगी अनावश्यक दवाव दिइएको संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

आधकारीक निकायमा दर्ता भइ, दर्ता शूल्क, आयकर, व्यवसाय करसहित सबै कर तथा मुल्य अभिबृद्धि कर संकलन गर्ने राज्यलाई भुक्तान गदैँ आएका छन् । राज्यले दोहोरो कर बर्जित गरेको छ, यो कानुनी उल्लंघन मात्र नभएर स्वातन्त्रपूर्वक व्यवसाय गर्न पाउने संबैधानीक अधिकार माथी धावा हो, विज्ञप्तीमा भनिएको छ ।

महानगरले साइन बोर्डलाई विज्ञापन भनेर क उठाउनु खोज्नु जायज नभएकाले व्यवसायीले कुनै पनि सर्तमा नतिर्ने र विज्ञापन करका नाममा मच्चाइएको स्वेत आतंक बन्द गर्न संघले महानगरलाई आग्रह समेत गरेको छ ।

संघले केही दिन देखी फोहोर नउठेको भन्दै फोहोर व्यवस्थापनको लागि महानगरको ध्यानकर्षण गराएको छ । एकातिर व्यवसायीलाई अबैधानिक करको भार बोकाउन उद्यत हुने अर्को तर्फ उउठाएको करको सदुपयोग नगर्ने महानगरको प्रबृति फोहोर व्यवस्थापनमा देखिएको उदासीनताले पुष्टि गरेको विज्ञप्तीमा उल्लेख छ ।

  • ६ चैत्र २०७८, आईतवार १८:३८ प्रकाशित